काठमाडौं– संवैधानिक परिषदको सोमबार बसेको बैठकमा प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले समय मागेपछि प्रधानन्यायाधीशको सिफारिस हुन सकेन ।
ओलीले प्रधानन्यायाधीशका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव गरेका कामु प्रधानन्यायाधीश गोपाल पराजुलीबारे थप अध्ययन गर्न समय माग गरेका छन् ।
अध्यक्ष ओलीले अध्ययनका लागि भन्दै समय माग गरेपछि बैठक असार १५ गते बस्ने गरी स्थगित भएको बताइएको छ । ओलीले कामु न्यायाधीश पराजुलीको शैक्षिक प्रमाणपत्र र उमेरबारे विवाद रहेको कुरा बैठकमा उठाएका थिए ।
प्रधानमन्त्री देउवाले कामु प्रधानन्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश बनाउने प्रस्ताव पेश गरेका थिए ।






