शिब भण्डारी
लण्डन । बेलायतमा चर्चित र्यापर समिर घिसिङ ‘भिटेन’को कन्सर्ट हुने भएको छ । उनको कन्सर्ट फेब्रुअरी १४ शुक्रबार आयोजना हुन लागेको हो ।
बेलायतको एभरेस्ट इको लिमिटेड कम्पनिको ब्राण्ड ८८४८ भाईभ्सको आयोजनामा सेन्ट्रल म्यानचेस्टरको ब्याण्ड अन द वाल नामक भेनुमा रति ११ बजे भीटेनको एकल प्रस्तुति रहने छ ।
कन्सर्ट युवा पुस्ता माझ निकै लोकप्रिय र्यापर समिर घिसिङ ‘भिटेन’को समेत प्रस्तुति रहनेछ ।उनले युवामा सकारात्मक ऊर्जा प्रवाह गर्ने कयौं सन्देशमूलक गीत गाएका छन् । ‘बैनी…’, ‘लफंगा…’, ‘चुरोट…’, ‘हालखबर…’, ‘कथा…’, ‘मान्छे खत्तम…’ लगायत उनका सन्देशमुलक गीत हुन् ।उनले गाएको ‘हामी यस्तै त हो नि ब्रो’ गीत आलोचना पनि भएको थियो ।
बेलायतमा भिटेनले पहिलो पटक कन्सर्ट गर्न लागेको आयोजक कम्पनिका प्रबन्धक मनोज बजगाईले लण्डन नेपाल न्यूज लाई जानकारी दिए ।
प्रबन्धक मनोज बजगाईका अनुसार भ्यालेनटाईनको अवसर पारेर फेब्रुअरी १४ शुक्रबार म्यानचेस्टर र फेब्रुअरी २१ शुक्रबारकै दिन लन्डनको प्रिजम किंग्सटनमा साझ ६ बजे भीटेनको कन्सर्ट हुन लागेको हो।दुवै कन्सर्टको होस्ट चर्चित मोडेल सिड्नी गुरुङले गर्ने भएकी छन् ।
बजगाईका अनुसार युकेमा भी टेनको यो पहिलो एकल (सोलो कन्सर्ट हो । लामो समयदेखि भिटेनलाई मिस गरिरहेका दर्शकका लागि भिटनेसँग भेट्ने र उनको गीतमा प्रत्यक्ष रमाउने अवसर प्रदान गर्न भिटेको कन्सर्ट आयोजना गर्न लागेको आयोजक कम्पनिका प्रबन्धक मनोज बजगाईले बताए ।
कन्सर्टमा सहभागी हुन कम्पनिको सामाजिक संजालका पेजहरुबाट वा टिकेट पार्टनर कम्पनि टिकेट टेलरको वेबसाईटबाट टिकट लिन सकिने छ । टिकट किन्नको लागि यो लिंक प्रयोंग गर्न सकिने छ।https://www.tickettailor.com/events/8848vibes?fbclid=PAZXh0bgNhZW0CMTEAAaYMfqq3DhWZOBNDTgPKBZqwR2Fg0Tt__ftoq0g6lZDoGTIPp87kX3l0IFU_aem_txTKfM5bm0QQdwFYrNeHOA






