सुनुवार सेवा समाज यूकेको अध्यक्षमा आकाश सुनुवार निर्बाचित अरु पदमा को को आए ?

लण्डन,११ जनवरी २०२४ मा सम्पन्न किराँत सुनुवार सेवा समाज बेलायतको आठौं अधिवेसन तथा नयाँ कार्य समितिको चयन गरिएको छ ।

सुनुवार सेवा समाज युकेको आठौं अधिवेशनले आकाश सुनुवारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

अध्यक्ष – आकाश सुनुवार
उपाध्यक्ष – केदार सङ्केत तथा प्रकाश सुनुवार
सचिवमा – परिस्पा सुनुवार र
अप सचिव – सुमी सुनुवर
कोषाध्यक्ष – खजेन्द्र बिक्रम सुनुवार
अप कोषाध्यक्ष – मिलन सुनुवर
मनोनीत भएको खुलासा गर्नु भयो ।

अधिवेसन दुई भागमा संचालन गरिएको थियो ।
कार्यक्रम सचिव गीतराजले छोटो मिठो तरिकाले संचालन गर्नु भएको थियो भने वार्षिक आयव्याय कोषाध्यक्ष ईन्द्रकुमार सुनुवारले पावर पोएन्टमा पेनी पेनीको हिसाव देखाएर सवैलाई बुझाउनु भएको थियो ।

अधिवेवनमा अध्यक्ष मनोज कुमार सुनुवारले आफुले तीन वर्ष सम्ममा गरेका कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
वक्तव्यका क्रममा, कार्यक्रममा सुनुवासेवा समाज बेलायतका सस्थापक तथा पुर्व अध्यक्ष विजयकुमार मुखियाले
सन् 2017 सालदेखि 2025 साल सम्म सस्थामा कार्यरत सवैलाई एकैमुस्टमा धन्यवाद दिनु भयो ।

त्यसै गरेर पुर्व अध्यक्ष जंगबहादुर सुनुवारले जो मनोनित भए पनि यो सस्थाको पारित विधानलाई आधार मानेर संथालाई आगामी दिनहरूमा सकारात्मक तरिकाले अगाडी डोहोर्याउने छ भन्नेमा आफू ढुक्क भएको बताउनु भयो ।

दोश्रो सत्रमा, नयाँ आउने सम्पूर्ण पदाधिकारीहरूलाई कार्यकाल सफलताको लागि अध्यक्ष मनोज कुमार सुनुवारज्यूले कार्यकाल सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्नु भएको थियो । त्यस पस्चात
आठौं निर्वाचन आयोगको संयोजकहरूमा, पुर्व सु.से.स बेलायतका अध्यक्ष द्वय जितेन्द्र सुनुवार तथा यादवकुमार दर्सुचा र सचिव छत्र सुनुवार (पुर्व सुसेस बेलायतका सचिव) रहेका थिए । अध्यक्ष जितेन्द्र सुनुवारको संयोजकोत्त्वमा रहेको उक्त टिमले सातौं कार्यकालका पधाधिकारीहरूको कार्यकाल समाप्त भएको र नयाँ कार्य समितिहरूको नाम बन्द खामभित्र भएको खुलासा गर्दा हल तालीले गुन्जिएको थियो ।

निर्वाचन आयोगका सचिव छत्र सुनुवारले बन्द खाम खोलेर नयाँ मनोनित पादाधिकरीहरूको नामावली अध्यक्ष जितेन्द्र सुनुवारलाई पढेर सुनाउन आग्रह गर्नु भएको थियो ।

अध्यक्ष आकाश सुनुवारले आफ्नो समाजको आद्यक्ष बन्नु राष्ट्राध्यक्ष हुनु भन्दा पनि ठुलो मानेको कुरा आफ्नो मन्तब्य मा बताए । टिममा चयन गरिएका समितिका सदस्यहरू केवल सेवक हौँ, जसले तपाईहरूको हित र भविष्यका लागि काम गर्नुपर्नेछ । मेरो नेतृत्वको यो कार्यकाल तपाईं सबैको एकता र प्रगतिका लागि समर्पित हुनेछ।

“समाज ब्यक्ती र परिवार को हो तेसैले यसको भविष्य उज्वल पार्नु मा तपाईंहरुको मुख्य भूमिका रहनेछ” भन्नुभयो। ‘आफ्नो कार्यकाल समाज को ईतिहास मा नै एउटा नयाँ युग को थालअनी मानिने छ’ बताउनुभयो ।

नवगठित कार्यसमितिका अध्यक्ष आकाश सुनुवार लगायत सम्पूर्ण पदाधिकारीहरूलाई कार्यकाल सफलताको लागि निवर्तमान अध्यक्ष मनोज कुमार सुनुवारज्यूले कार्यकाल सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा समाजका सल्लाहकार, बुद्दिजिवी, साहित्यकार, युवा समुह तथा यस सस्थाका पुर्व पदबाहक सवैको बाक्लो उपस्थितिले यो आठौँ अधिवेसन भव्य तथा सभ्य तरिकाले विसर्जन भएको थियो ।