उपप्रधानमन्त्री थापा चीन जाँदै

kamal
काठमाडौं- उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा नेतृत्वको टोली पाँच दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गर्दैछ ।

उपप्रधानमन्त्री थापा नेतृत्वको नेपाली प्रतिनिधि मण्डलको टोली बुधवार दिउँसो १ बजे थाई एअरलाइन्सको विमानमार्फत चीन प्रस्थान गर्ने कार्यक्रम रहेको थापाका प्रेस सल्लाहकार मोहन श्रेष्ठले जानकारी दिए ।

उपप्रधानमन्त्री थापासँगै कानूनमन्त्री अग्नि खरेल, परराष्ट्र सचिव र बाणिज्य सचिव पनि चीन जाँदैछन् । प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा सरकार बनेपछि पहिलो पटक हुन उच्चस्तरिय टोली चीन जान लागेको हो । यसअघि वाणिज्य मन्त्री गणेशमान पुन चीन गएका थिए ।

उपप्रधानमन्त्री थापाको भ्रमणका क्रममा चीनवाट नेपाल ल्याउने इन्धनका विषयमा कुराकानी हुने परराष्ट्र स्रोतले जनाएको छ । चीन भ्रमणका क्रममा चीनवाट ल्याउने भनिएको इन्धनका विषयमा गम्भीर छलफल हुने छ । यस्तै दुई देशवीचको द्वीपक्षीय हित, व्यापार र सहयोग आदानप्रदानका विषयमा पनि चीनसँग छलफल हुनेछ ।