आधा सिलिन्डर ग्यासका लागि….

jhadap
फाइल तस्बिर

काठमाडौं- काठमाडौंको दक्षिण भेगस्थित चाल्नाखेलमा रहेको एभरेस्ट ग्यास उद्योगमा भएको झडपमा दुई प्रहरी नायब उपरीक्षकसहित आठजना प्रहरी घाइते भएका छन् ।

खाली सिलिण्डरसहित उद्योग बाहिर आधा सिलिन्डर ग्यास लिनका लागि बसेका स्थानीयवासीले ग्यास नपाएपछि उद्योगमा तोडफोड गर्न खोज्दा प्रहरी र स्थानीयवासीबीच झडप भएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता विश्वराज पोखरेलले उद्योग तोडफोड गर्न खोजेका स्थानीलाई रोक्न खोज्दा उल्टै ढुङ्गामुढा गरेको बताए ।

झडपमा प्रहरी नायब उपरीक्षकद्वय रेवती ढकाल र टीकाबहादुर केसी तथा ६ जना प्रहरी जवान घाइते भएको उनले जानकारी दिए ।