बिना धरौटी डा. केसी रिहा

;f]daf/ kqmfp k/]sf lqlj lzIf0f c:ktfn dxf/fhu~hsf jl/i7 lrlsT;s k|f8f uf]ljGb s];L ;fwf/0f tfl/vdf l/xfOkl5 ;jf]{Rr cbfnt kl/;/af6 PDa'n]G;df a;L lzIf0f c:ktfn hfb} . tl:a/ M /Tg >]i7, /f;; .

काठमाडौं– अदालतको अबहेलना मुद्दामा पक्राउ परेका प्रा.डा. गोविन्द केसी बिना धरौटी रिहा भएका छन् ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमबहादुर श्रेष्ठको संयुक्त इजलासले केसीलाई रिहा गर्ने फैसला गरेको हो । उनलाई निजी कानुन व्यवसायी वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र केसीको जिम्मा लगाइएको छ ।

सर्वोच्चले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको प्रमाणपत्रको विवाद सुल्झाउन जिल्ला प्रशासन कार्यालयमा बुझ्ने र न्यायपरिषदबाट कागज झिकाउने उल्लेख छ ।