साउथ इस्ट रेजिनल तमुधी लन्डनले किन्यो आफ्नै घर

लन्डन– साउथइस्ट रेजिनल तमु धी लन्डनले आफ्नै घर किनेको छ ।

सन् २००२ मा तमु धी यूकेको इकाईको रुपमा स्थापना भएको यस इकाईलाइ सातवटा शाखामध्ये उत्कृष्ट मानिन्छ । यस संस्थाले २०१० सालबाट सुरु गरेको भवन खरिद गर्न अभियान २०१६ मा पूरा भएको हो । ३ लाख ४५ हजार पाउण्डमा ६० पान्फिल्ड रोड आबेवुदमा सामूदायिक भवन खरिद गरिएको हो । गत वर्ष मे २०१७ मा बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदीले भवन उद्घाोटन गरेका थिए ।

साउथ इस्ट रेजिनल तमुधी लन्डनले ल्होछार पर्वको अवसरमा आगामी जनवरी १३ तारिख शनिबार एसियन कम्युनिटी सेन्टर प्लमस्टिडमा विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा कलाकारहरु मौसमी गुरुङ, मेलिना राई, नरजंग गुरुङलगायत स्थानीय कलाकारले साथ दिने कार्यक्रम छ ।

१२ पाउण्ड प्रवेश शुल्कमा नि:शुल्क खानाको व्यवस्था पनि गरिएको महासचिव ह्यारी गुरुङले जानकारी दिए ।