लन्डन । यतीकोअध्यक्षमा पिपला देवान र बाचस्पति रेग्मी चुनावी मैदानमा उत्रिएका छन् ।आइतबार लन्डनमा हुने यतीको २९ औं अधिवेशनमार्फत् निर्वाचित हुने नयाँ कार्यसमितिको अध्यक्ष पदमा दुईजनाबीच मुख्य प्रतिसपर्धा हुदैछ।
निर्वाचन समितिका संयोजक उमेशराज मोक्तानका अनुसार उम्मेदवारी दर्ताका लागि निर्धारित शुक्रबार दिउँसो एकदेखि दिउँसो चार बजेसम्मको समयभित्र अध्यक्ष पदमा बाचस्पति रेग्मी र पिपला देवानको उम्मेदवारी परेको छ।
अध्यक्षमा उम्मेदवारी दिने देवान संस्थाकी पूर्व अध्यक्ष हुन्। त्यस्तै, अर्का उम्मेदवार रेग्मी संस्थाको वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व महासचिव हुन् ।
निर्वाचन समितिमा राजकुमार त्रिपाठी सदस्यसचिव तथा राजेन्द्र पुडासैनी, राजन खकुराल, शंकर दाहाल, विपिन निरौला र मिन बांनिया सदस्य छन् ।
आउंदो ५ फेब्रुअरीमा यतीको अधिवेशन लन्डनको ह्यारो फुटबल क्लबमा निर्धारित छ।अधिवेशनले आगामी २०२३-२०२५ का लागि नयां कार्यकारिणी समिति समेत निर्वाचित गर्ने भएकाले नेतृत्व लिन चासो देखाएका छन् ।
अरु पदमा को को उठे







