काठमाडौँ- संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) ले राष्ट्रियसभामा राष्ट्रिय दलको रुपमा राख्ने सहमति गरेको छ । दुवै दलले राष्ट्रियसभामा राष्ट्रिय दलले पाउने सेवा सुविधा पाउने भएका छन् ।
राष्ट्रियस भाको नयाँ नियमावलीमा उक्त दललाई पनि राष्ट्रिय दलको रुपमा राख्ने सहमति भएको राष्ट्रियसभाका अध्यक्षका प्रेस सल्लाहकार अशोक पौडेलले जानकारी दिनुभयो ।
दुवै दलका दुई÷दुईजना राष्ट्रियसभा सदस्य छन् ।






