लण्डन । एनआरएनका केन्द्रीय अध्यक्ष शेष घलेसंग एनआरएन यूकेले गर्न लागेको अन्तरक्रिया कार्यक्रम बिहिबार सांझ लण्डनस्थित नेपाली दूतावासमा हुने भएको छ ।

कार्यक्रमका लागि ठूलो ठाउं आवश्यक हुने भएकाले दूतावासमा गर्ने निर्णय भएको एनआरएन यूके स्रोतले बताएको छ । कार्यक्रम सांझ साढे ५ बजे सुरु हुनेछ ।
मुछेत्र गुरुंगको नेतृत्वमा नवनिर्वाचित कार्यसमितिले गर्न लागेको यो पहिलो कार्यक्रम हो ।
एनआरएनको काठमाडौंमा हुने ग्लोबल कन्फरेन्सका लागि एक महिना मात्र बांकी रहंदा अध्यक्ष घले अहिले विभिन्न देश दौडाहामा व्यस्त छन ।यसै शिलशिलामा उनी बिहिवार नै लण्डन आइपुग्नेछन ।






