काठमाडौं- एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा सरकार सञ्चालन गरिरहेको आरोप लगाएका छन् ।
प्रेस चौतारी, पाल्पाले आइतबार बिहान गरेको पत्रकार सम्मेलनमा नेता नेपालले पार्टी अध्यक्ष ओलीले पार्टी केन्द्रीय कमिटी, पोलिटब्युरो तथा स्थायी समितिसँग सरकार सञ्चालनको विषयमा कुनै सरसल्लाह, छलफल नगरेको बताए ।
एमालेको नेतृत्वमा सरकार सञ्चालन भएको अवस्थामा पार्टीमा पनि सरकार सञ्चालनको अनुभव भएका व्यक्तिहरु प्रशस्त रहेकाले, पार्टीभित्र छलफल होस्, प्रधानमन्त्री तथा पार्टी अध्यक्षले समय समयमा सुझाव सल्लाह लिनुहोस् भन्ने अपेक्षा आफूहरुको रहेको वरिष्ठ नेता नेपालले उल्लेख गरे । तर यस्तो शुभअवसर सरकार सञ्चालनको चार महिनाको अवधिमा प्रधानमन्त्रीले जुटाउन नसकेको नेपालको भनाइ छ ।






