काठमाडौं- गृहमन्त्री शक्तिबहादुर बस्नेतले सरकार ढल्ने हल्ला निराधार भएको बताएका छन् । एमाओवादीका नेता समेत रहेका मन्त्री बस्नेतले शनिबार बिहान सदरमुकाममा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उक्त कुरा बताएका हुन् ।
उनले वर्तमान सरकारको नेतृत्वमा नै राष्ट्रिय सहमतिको सरकार निर्माण हुने दाबी गरे । ँविभिन्न चुनौति पार गर्दै बल्ल जनपक्षिय काम गर्ने तयारीमा सरकार जुटेको छ,’ मन्त्री बस्नेतले भने, ँसरकारले काम देखाउने बेला बल्ल सुरु भएको छ, तसर्थ सरकार ढल्ने कुरै भएन ।’
राष्ट्रिय सहमतिको सरकारमा कांग्रेस लगायत प्रमुख दलहरु सामेल हुने उनले दाबी गरे । आगामी एक वर्षभित्र स्थानीय निकायको निर्वाचन गर्ने विश्वास दिलाउँदै उक्त कार्यका लागि जुट्न कार्यकर्तालाई निर्देशन समेत दिए ।






