काठमाडौं, २४ असोज । एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले चीन भ्रमणको कार्यक्रम रद्द गरेका छन् ।
प्रधानमन्त्रीको निर्वाचनको प्रक्रिया आइतबार सम्पन्न हुने भएपनि सभामुख, राष्ट्रपति, उपराष्ट्रपति तथा मन्त्रीपरिषदको गठनको कार्य बाँकी नरहेकोले त्यसमा आफ्नो भूमिका आवश्यक हुनसक्ने देखेर प्रचण्डले चीनको भ्रमण रद्द गरेका हुन ।
“अहिले परिस्थिति उपयुक्त भएन । राष्ट्रिय राजनीतिमा कैयौं महत्वपूर्ण विकास भइरहेकोले त्यसमा प्रचण्डको भूमिका आवश्यक रहेको कारण अहिलेका लागि भ्रमण रद्ध गरिएको हो ।” प्रचण्डका स्वीकीय सचिव चुडामणी खडकाले भने ।
एशियाली राजनीतिक पार्टीहरुको सम्मेलनमा प्रचण्ड नजानेभएपनि पार्टीभित्रबाट को सहभागी हुने बारेमा निर्णय भइसकेको छैन । सम्भवतः नारायणकाजी श्रेष्ठ पार्टीको प्रतिनिधित्व गर्दै जाने सम्भावना देखिएको छ ।







