लन्डन । झुट समाचार लेख्ने नेपाली अनलाइन मिडियाप्रति सगुनले आक्रोस व्यक्त गरेको छ । कम्पनीसम्बन्धी प्रकाशित समाचारलाई लिएर सगुनले आक्रोस व्यक्त गरेको हो । कम्पनीका सहसंस्थापक कविन्द्र सिटौलाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सगुन र सगुनका लण्डनस्थित लगानीकर्ताहरुप्रति लक्षित गरी केही अनलाइन मिडियाहरुमा प्रकाशित भ्रामक समाचारप्रति सगुनको गम्भीर ध्यानााकर्षण भएको छ ।’
अमेरिकामा मुख्यालय रहेको सुगनको नाममा जारी विज्ञप्तिमा भनिएको छ, ‘लण्डनमा पनि सम्भव भएसम्मका धेरै भन्दा धेरै नेपालीमा सगुन अभियान पुर्याउने क्रममा विभिन्न व्यक्तिहरुसँग सगुनले अनुरोध र सहयोगको हात बढाएको हो । यसै क्रममा लण्डनमा बसेर लामो समयदेखि सामाजिक काममा लागिरहनु भएका सूर्य गुरुङसँग समेत सगुनले अन्य सर्वसाधारणहरुलाई जस्तै सगुनको अभियानमा सहभागी हुन अनुरोध गरिएको हो । सगुनमा लगानी गर्ने अवसरका बारेमा हरेक देशका नेपाली समुदायलाई अनुरोध गरिएजस्तै उहाँलाई पनि सगुनले अनुरोध गरेको थियो ।
उहाँले यसलाई विश्वास गरेर सगुनको अभियन्ता बन्नु भयो । तर हालै केही अनलाईन सञ्चारमाध्यममा उहाँमाथि सगुनसँगको सम्वन्धलाई अतिरञ्जित गरी समाचार प्रकाशित गरिएका र विशेष गरि सूर्य गुरुङको सामाजिक व्यक्तित्वमाथि हिलो छ्याप्ने दुष्प्रयास गरिएका समाचारहरुको सगुन खण्डन गर्दछ । र त्यस्ता झुट समाचारलाई वेवास्ता गर्नु हुन सगुनका सम्पूर्ण लगानीकर्ता, प्रयोगकर्ता तथा शुभचिन्तकहरुलाई सगुन अनुरोध गर्दछ ।’
विज्ञप्तिमा भनिएको छ, ‘हामी सम्पूर्ण लगानीकर्ता, प्रयोगकर्ता, शुभचिन्तकतथा सर्वसाधारणहरुलाई यो कुरा पुनस्मरण गराउन चाहन्छौँ कि सगुन अमेरिकाको आधिकारिक सरकारी निकायमादर्ता भई अमेरिकी सरकारको कानूनभित्र रहेर सञ्चालनमाआएको कम्पनीहो । यस कम्पनीमा लगानी गर्न उपलब्ध गराइने कुनै पनि जानकारीमा कसैलाई पनि लोभ लालच देखाउने वा अनावश्यक भ्रम छरी लगानी जुटाउने काम गर्न पाइने छैन र सगुनले गरेको पनि छैन । यसैगरी सगुनले उपलब्ध गराएको लगानीको अवसरका सम्वन्धमा कोही कसैले समुदायमा जानकारी पु¥याउन सहयोग गर्छ भने उसले पनि यही कुरालाई ध्यानमा राखेर सहयोग गरेको हुनेछ । सगुनका हरेक लगानीकर्ताहरु र प्रयोगकर्ताहरु यसका अभियन्ता र सल्लाहकार हुन् ।
यसै कारणले सूर्य गुरुङप्रति लक्षित गरि प्रकाशन गरिएका समाचारहरु सगुनप्रति भम्र सिर्जना गर्न र सूर्य गुरुङको व्यक्तिगत जीवनलाई नकारात्मक असर पु¥याउने हेतुले अभिप्रेरित भएको, सत्य तथ्य नबुझी झुटमा आधारित भएको देखिएकोले सो समाचारप्रति खेद व्यक्त गर्दछौँ ।नेपालीले शुरु गरेको जुनकुनै साहसिककदमलाई नेपालीले नै सहयोग गरेर नेपालीको हैसियत विश्व मानचित्रमा उच्च बनाउने काममा सबै नेपालीले सहयोग गर्नुपर्छ भन्ने सगुनको मान्यता रहेको छ ।
तर यदि केही व्यक्तिवा समूहले आफ्नो निश्चित स्वार्थ पूरा गर्ने उद्धेश्यले कपोल्कल्पित र भ्रामक समाचार प्रकाशन÷प्रशारण गरेर सगुन र सगुनसँग सम्वन्धित विषयमा भ्रम छर्ने र छद्मभेष धारण गरि अनर्गल प्रचार गरे त्यस्ता व्यक्ति तथा संस्थाबिरुद्ध कानुनी उपचार खोज्न बाध्यसमेत हुनेछौ । तर हामी चाहन्छौँ नेपाली समुदाय र पत्रकारिता क्षेत्र नेपाली र नेपालको हितको खातिर नै उपयोगी सिद्ध हुनेछन् ।’
सगुन एउटा सोसियल र इकमर्शको क्षेत्रमा अर्थपूर्ण परिवर्तनको उद्देश्य बोकेर आफ्नो लक्ष्यमा विभिन्न कठिनाइलाई चिर्दै अगाडि बढिरहेको स्टार्ट अप कम्पनीहो । अन्य सफल स्टार्ट अप कम्पनीहरु जस्तै सगुन सफल कम्पनी बन्न अहोरात्र खटिरहेको विज्ञप्तिमा उल्लेख छ ।






