तक्दीर अधिकारी/अनु तमाङ
सिड्नी । नेपाली चलचित्र प्रेम दिवसले सिड्नीमा दर्शकबाट राम्रो प्रतिक्र्रिया पाएको छ । नेपाली कथानाक चलचित्र प्रेम दिवस गत अगस्ट १८ मा हर्डसफिलको सिभिक थिएटरमा प्रदर्शन गरिएको थियो । इनरिच एजुकेशन कन्स्ल्ट्न्सीका निर्देशक मनोज अधिकारीले प्रेम दिवस एउटा छुटै कन्सेप्टमा बनेको र यसले युवा समुदायको भावना समेटेको बताए । यो चलचित्रले युवा समुदायमा सचेतना फैलाउने प्रतिक्र्रिया दिए । नेपाली फिल्मले अस्ट्रेलिया देखाउँदा नयाँ पुस्तालाई मनोरञ्जनको माध्यमबाट भाषा, संस्कृति र मौलिकता सिक्न उपयुक्त उनको भनाइ थियो ।
नेपाली चलचित्र नेपालभन्दा बाहिर सबैभन्दा ठूलो बजार अस्ट्रेलिया भएको निर्देशक अधिकारीले जानकारी दिए । इनरिच एजुकेशनले यसभन्दा अघि नेपाली चलचित्र बुलबुल अस्ट्रेलियामा पदर्शन गरेको थियो । उक्त चलचित्रले अस्ट्रेलियामा राम्रो सफलता हासिल गरेको थियो । अहिले प्रेम दिवसले अझ सफलता हात पार्ने इनरिच एजुकेशनका निर्देशक अधिकारीको भनाइ छ ।

मनेश दाहाल को निर्माण र योगेश घिमिरे को निर्देशन रहेको चलचित्रका नायक आयुस्मान, नायिक प्रियंका कार्की सँग बसेर दर्शकले चलचित्र हेरेका थिए । लन्डन न्यूज डटकमले दर्शकसँग प्रतिक्र्रिया लिएको थियो । अधिकांश दर्शकले चलचित्र राम्रो भएको प्रतिक्र्रिया दिएका थिए ।
बाबा कन्स्ल्ट्यान्सीको निर्देशक रविन्द्रकुमार शर्माले विदेशमा रहेर पनि नेपाली कला संस्कृति बचाउने नेपाली चलचित्र हेर्न दर्शक आएको बताए । इनरिच एजुकेशन कन्स्ल्ट्न्सीका निर्देशक मनोज अधिकारी का अनुसार हर्डसफिल पहिलो सो देखाएर दर्शकबाट राम्रो प्रतिक्र्रिया प्राप्त भएको र अन्य सो सिड्नीभन्दा बाहिर प्रदर्शन गरिने तयारी भएको वताए ।







