काठमाडौं- आन्दोलनकारीले भारतीय क्षेत्रबाट नेपाल प्रहरीलाई पेट्रोल बम हानेपछि नेपालगन्जको रुपैडिया नाका बन्द भएको छ ।
असुरक्षा भएको भन्दै भारतीय सीमा सशस्त्र बल (एसएसबी)ले नेपालगन्ज-रुपैडिहा नाका आउजाउ गर्न रोक लगाएको छ । धर्नाका लागि मोर्चाले दशगजामा गाडेको टेन्ट हटाउने क्रममा मोर्चा र प्रहरीबीच झडप भएको थियो ।
त्यस क्रममा मोर्चाका कार्यकर्ताहरुले प्रहरी तर्फ करिव आधा दर्जन पेट्रोल बम प्रहार गरेका थिए । पेट्रोल बम लागेर एक प्रहरी जवान घाइते भएका छन् । ढुंगा लागेर दुवै पक्षका करिव एक दर्जन घाइते भएका छन् ।







