सृष्टि ह्याम्लेटकी प्रेमिका बन्दै

सृष्टि ह्याम्लेटकी प्रेमिका बन्दैकाठमाडौं– पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ शेक्सपियरको ह्याम्लेटकी प्रेमिका बन्ने भएकी छिन्। आगामी सोमबारदेखि भक्तपुर दरवार क्षेत्रमा मञ्चन हुन लागेको अंग्रेजी लेखक विलियम शेक्सपियरको ह्याम्लेट माउ ओफिलियाको भूमिकामा उनी देखिदैंछिन्।

अंग्रेजी लेखक विलियम शेक्सपियरको ह्याम्लेट अंग्रेजी र नेपालीमा मञ्चन हुने भएको छ। नेपाल र बेलायतको द्विपक्षीय सम्बन्धको दुईसय वर्ष पूरा भएकोमा उत्सव मनाउन नाटक मञ्चन गरिन लागेको हो।

‘नेपाल र बेलायतबीच द्विपक्षीय सम्बन्धको दुईसय वर्ष पुरा भएको अवसरमा नाटक मञ्चन गर्न लागिएको हो। दुई सय वर्षमा हाम्रो सम्बन्ध विकसित भएर अझै नजिक भएको छ। दुई देशबीच साँस्कृतिक सम्बन्ध र साँस्कृतिक सिकाइलाई सुद्धृढ गर्ने प्रयास गरेका छन्,’नेपालका लागि बेलायती राजदूत जोन र्‍याकिंनले भने ।

करिव एक घण्टा लामो नेपाली भाषाको ह्याम्लेटलाई ग्रेगरी थम्सन र विमल सुवेदीले संयुक्त रुपमा निर्देशन गरेका हुन्। अभिनेता अर्पण थापा ह्याम्लेटको भूमिकामा देखिदैँछन्। पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ, भोलाराज सापकोटा, कमलमणि नेपाल र अरुणा कार्की लगायतले नाटकमा अभिनय गर्नेछन्।