काठमाडौँ । चलचित्र `लुटेरा” टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा निखिलको डरलाग्दो एक्सनहरु समेत देख्न सकिन्छ । वितरक तथा निर्माता गोपाल कायस्थले निर्माण गरेको यो चलचित्रलाई दयाराम दहालले निर्देशन गरेका हुन् ।
निखिल उप्रेतीको चलचित्र ‘भैरव’ले पाएको सफलता सगै निखिलको अभिनय रहेको यस चलचित्र `लुटेरा” लाई बहुप्रतिक्षित चलचित्रको रुपमा लिएको छ ।
कार्तिक २७ देखि प्रर्दशनमा आउने यस चलचित्रमा निखिल उप्रेती, निशा अधिकारी, सविन श्रेष्ठ, हर्षिका श्रेष्ठ ,अनुभब रेग्मी , अमित श्रेष्ठ,प्रियंका कार्की लगायतको मुख्य अभिनय रहेको छ ।
चलचित्रमा शिव ढकालको छायांकन , मौनता श्रेष्ठको लेखन , बसन्त सापकोटा र अर्जुन पोखरेको संगित ,राजु शाह , कविराज गहतराज , रामजी लामिछानेको नुत्य र हिमाल के.सीको एक्शन रहेको छ । चलचित्रमा बसन्त कुमार श्रेष्ठ र छिरिङ दोर्जे लामाको समेत लगानी छ ।






