लण्डन । संघीयता कार्यान्वयनको अन्तिम चरणमा रहेको बेलामा संघीयता चाहिँदैन, देश टुक्राउन पाइँदैन बोलको गीत बजारमा आएको छ । केहरसिंह प्यासीले यो गीत बजारमा ल्याएका हुन् ।
संघीयता कार्यान्वयनको विषय चर्किरहेको बेलामा रेकर्ड भएको गीत संघीयता लागू हुने बेलामा आइपुगेको छ । ‘संघीयता चाहिँदैन, देश टुक्राउन पाइँदैन, तिम्रो औकात बुझ्यौं नेता अब पछि लाइँदैन’ बोलको गीत युटूब मार्फत सार्वजनिक भएको हो । गीतमा केहरसिंह प्यासी, ऋषि खड्का र रेश्मा केसीले स्वर भरेका छन् ।
गीतमा प्यासीको शब्द र खड्काको लय रहेको छ । सप्तऋषि म्युजिक प्राली मार्फत सो गीत बजारमा आएको हो । यो सहित प्यासीका पाँच वटा गीत बजारमा आएका छन् भने बाँकी दुई गीत बजारमा आउने अन्तिम तयारीमा रहेको उनले बताएका छन् ।
देशका सर्वसाधारण नागरिकहरुले संघीयताको विषय मन नपराइरहेको अवस्थामा सो गीत बजारमा ल्याइएको उनले जानकारी दिए । गीतको म्युजिक भिडियो पनि तयार भइसहेको छ । भिडियो युटुव मार्फत हेर्न सकिन्छ ।






