थानेश्वर गौतमको मनै रुवाउने गीत “रोएरै मेटिने भए” (भिडियो )

लण्डन । गजल र सालैजोमा आफ्नो छुटै पहिचान बनाएका गजल गायक तथा संगीतकार थानेश्वर  गौतमले हालै अली फरक खालको कर्णप्रिय गीत लिएर श्रोता सामु आएका छन।

उक्त गितको रचना यु के मा बस्दै आएका कमल प्र. खरेलले गरेका हुन भने संगीत स्वयम गौतम ले गरेका छन। गितको बारेमा गौतमले आफु धेरै आशाबादी रहेको र बिगतमा जस्तै श्रोताले यस गीतलाई पनि मन पराउने कुरामा बिश्वस्त भएको बताउछन।

बिगतका गितले दर्शकलाई छमछमी नचाहेको तर यस गितले सबैलाई भाबुक बनाउने हुँदा उनी आफ्ना अरु गीत भन्दा अली फरक रहेको बताउछन। उक्त गितको म्युजिक भिडियोलाई हाइलाइट नेपाल र टी .एन क्रिएशनले संयुक्त रुपमा बजारमा ल्याएको छ भने भिडियोको निर्देशन रोजेल थापाले गर्नु भएको छ।

अभिनयमा नारायण ढकाल,क्रिस्टीना थापा,बाल कलाकार समीट गौतम तथा स्वयम गीतकार कमल पि खरेल रहेका छन भने छायांकन रामेश्वर कार्कीले गरेका छन। भिडियोको छायान्कन यु .के र नेपालमा गरिएको छ।