शिब भण्डारी
लन्डन । गुल्मी जिल्ला समाज यूकेले विश्व अपांग दिवसको अवसर पारेर च्यारिटी डिनर सम्पन्न भएको छ । हरेक वर्ष गर्ने च्यारिटी कार्यक्रमलाई निरन्तरता दिंदै समाजले साउथ ईस्ट लण्डनको वुल्वीचस्थित लोटस क्लबमा कार्यक्रम आयोजना गरेको हो । 
बेलायत स्थित गुल्मेली प्रथम नौमती बाजाले स्वागत गरिएको कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी प्रमुख अतिथि थिए ।यसै गरि कार्यक्रममा,एनआरएन यूकेका उपाध्यक्ष प्रेम गाहामगर,नेपाली सेनाका महासेनानी कृष्ण जिसी, नेपाली राजादुतावासका द्वितिय सचिब लव सुबेदी,नेपाली चलचित्र निर्देशक सन्तोष लोहनी, पूर्व एनआरएन आइसिसी सदस्य,शान्ति थापा,अफगानिस्तानमा विधुतिय धरापमा परि दुवै खुट्टा गुमाएका हरि बुढा मगर लगायत विशेष अतिथिका रुपमा सहभागी थिए । 
समाजका महासचिब वीर बलाल र सचिब मन्जु भण्डारीले संयुक्त सन्चालन गरेको औपचारिक कार्यक्रममा समाजका उपाध्यक्ष तारानाथ भण्डारीले स्वागत गरेका थिए । समाजका कार्यवाहक अध्यक्ष राम प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष ओम थापा,एनआरएन यूकेका उपाध्यक्ष प्रेम गाहामगर लगायतले मन्तव्य राखेका थिए। 
समाजले नेपालमा विभिन्न सामाजिक कामहरु गर्ने उद्धेश्यले हरेक वर्ष च्यारिटी कार्यक्रम गरेर कोष संकलन गर्दै आएको छ । समाजका कोषाध्यक्ष बरुण भण्डारीका अनुसार यसपटकको च्यारिटी कार्यक्रमबाट ७ लाख रकम उठेको लन्डन नेपाल न्युज लाई बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले गुल्मी जिल्ला समाज युकेले सामाजिक कार्यहरुको साथसाथै बेलायतमा नेपाली संस्कृतिलाई जिवन्त राख्ने कार्यमा समेत महत्वपुर्ण भुमिका खेलेको बताए ।र उल्लेखनीय सामाजिक कार्यहरु गर्न सफल भएको भन्दै प्रशंसा गरे ।
भिडियोमा हेर्नुहोस:
समाजका सँस्थापक अध्यक्ष तथा प्रथम नौमती बाजा गुल्मी युके समुहका संयोजक ओम प्रसाद थापाले पावर पोइन्ट बाट देखाउदै समाजले आशा अपांग केन्द्रले गुल्मी जिल्लामा रहेर सिंगो देशको अपांगता क्षेत्रमा पुर्याएको योगदान माथि चर्चा गरे आशा अपांग केन्द्र जस्ता सँस्थाहरु देशका हरेक ठाउँहरुमा खोलिनु पर्ने बताए । “बेलायत लगायत अन्य ठाउँहरुमा अपांगहरुलाई जुन सुविधा छ, त्यस्तो सुविधा नेपालका अपांगहरुले पनि पाउनुपर्छ ।”, थापाले भने, 
एनआरएन यूकेका उपाध्यक्ष प्रेम गाहामगरले समाजले स्थापनादेखि आजका दिनसम्म आइपुग्दा समाजले सहि दिशा लिन सफल रहेको उल्लेख गर्दै भविष्यमा समाज अझै बढि प्रभावशाली र उपलब्धिमुलक रुपमा अघि बढ्ने विश्वास व्यक्त गरे ।वेलायती सेनामा सेवारत रहदा सन् २०१० मा अफगानिस्तानमा विधुतिय धरापमा परि दुवै खुट्टा गुमाएका विनोद बुढाथोकीले आफ्नो जिबनमा भोगेका आफ्ना भाबनाहरु पोखेका थिए ।
समाजका कार्यवाहक अध्यक्ष राम प्रसाद सापकोटाले उल्लेख्य सहभागिताका साथ कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै सहभागी, अतिथी तथा स्पोन्सर र सहयोगी सबैप्रति कृतज्ञता प्रकट गरे ।
उपाध्यक्ष तारानाथ भण्डारीले समाजले आगामी मार्चमा पनि नेपालमा सहयोगको आवश्यकतामा रहेका विभिन्न क्षेत्र पहिचान गरेर उनीहरुको सहयोगका लागि बेलायतमा अर्को एउटा च्यारिटी कार्यक्रम गर्ने सोंच बनाएको सुनाए ।
कार्यक्रममा समाजका सल्लाहकार एबम निवर्तमान अध्यक्ष राम गलामी,पूर्व,अध्यक्षअर्जुन गौतम, मोती भण्डारी, विनोद ज्ञवाली, फडिन्द्र भट्टराई,चक्रबहादुर राना, फत्त थापा, गोकर्ण बस्नेत, ताम ढेंगा, दासुराम पाण्डे,रण केसी, कृष्ण ढकाल, टेक थापा,दुर्गा पाण्डे,केशव भण्डारी, राजन खरेल, पशुपति भण्डारी, रोमनाथ पाण्डे, राजेन्द्र श्रेष्ठ, सुरेश गौतम, खड्ग रेश्मी,डा विष्णु घिमिरे, काशिराम भण्डारी, डिएन खरेल लगायत उपस्थित रहे। उक्त कार्यक्रममा बेलायत स्थित विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।

कार्यक्रमको दोस्रो चरणमा समाजकै निमन्त्रणमा बेलायत आएका गायक प्रसाद खप्तरी मगर र चर्चित गायिका खिमा रोका मगरको विभिन्न गीतहरु प्रस्तुत गर्दै सहभागीलाई मनोरञ्जन गराएका थिए । प्रथम नौमती बाजा गुल्मी युके र थुप्रै स्थानिय कलाकारहरुको साँस्कृतिक माहोल रहेको थियो । प्रथम नौमती बाजा गुल्मी युकेको बाजातालमा गायक खप्तरी र गायिका रोकाले उपस्थित दर्शकहरुलाई कार्यक्रमको अन्तिम सम्मै नचाएका थिए । खिमा रोकाले आफुलाई कस्ले युकेमै राख्ने हो,आजै बैना मारे हुन्छ भन्दा उपस्थित अतिथि र अग्रजहरु पनि उठेर,बसेर नाचे ।
साँस्कृतिक माहोलमा आगन्तुकहरुलाई मिसेस नेपाल यूके २०१७’ प्रतियोगिहरु अमृता गिरी गजुरेल, गीता बस्नेत पाण्डे र स्थानीय गुल्मेली चेली मुस्कान घिमिरे,स्वीना श्रेष्ठ लगायतले उत्कृष्ट नाच प्रस्तुत गरे । ग्रीनवीचस्थित माउन्टेन भ्यू रेष्टुरेन्टको स्वादिस्ट भोजन संगै अन्त्यमा डिजे हेम विष्टले कार्यक्रमका सहभागीहरुलाई धेरैबेर नचाएका थिए ।






