काठमाडौं । गायिका ज्योती मगरले अभिनय गरेको तीज गीत ‘ढाडे बिरालो’का बिषयमा सामाजिक संजालमा तिब्र आलोचना भइरहेका बेला लोक तथा दोहोरीगीत प्रतिष्ठानले पनि त्यसमा चासो देखाएको छ ।
चल्तीका गायकहरु कार्यसमितिमा रहेको लोक तथा दोहोरीगीत प्रतिष्ठानले एक बक्तब्य जारी गर्दै अश्लिल गीत तथा भिडियोहरु सार्वजनिक नगर्न ज्योती मगरलाई सचेत गराएको छ ।
‘ढाडे विरालोसँग सम्बन्धित समाचार र टिकाटीपप्पणीबाट संघ गम्भीर भएको छ’ बक्तब्यमा भनिएको छ- ‘सामाजिक मर्यादामा आँच आउने शब्द भएका गीत सार्वजनिक नगर्न नगराउन र लोकगीतमा अश्लिलता झल्किने अभिनय नगर्न नगराउन बिज्ञप्तिमार्फत् सचेत गराउँछौं ।’
साथै संघले यसअघि सार्वजनिक भइसकेका भद्दा र अमर्यादित लाग्ने गीतहरुलाई प्रोत्साहन नगर्न संचारमाध्यमसहित सवै कलाकार र दशर्कलाईसमेत अनुरोध गरिएको छ ।








