लन्डन । एनआरएन मध्य पूर्वको छैठौ सम्मेलनको उद्घाटन खानेपानी तथा सरसफाइ मन्त्री बीना मगरले गर्ने भएकी छिन् । कार्यक्रममा एनआरएन अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्तलगायत आइसिसी सदस्य अतिथिको रुपमा सहभागि हुने बताइएको छ ।
सम्मेलन यही अगस्ट २३, २४ र २५ तारिकका दिन यूएईमा हुँदैछ । एनआरएन यूएईको संयोजनमा दुबईस्थित ग्राण्ड एक्सिलर होटलमा हुने छ । हरेक दुई वर्षमा एकपटक हुने भेलामा मध्यपूर्वका १२ देशहरू कतार, यूएई, बहराईन, ओमन, साउदी अरेयिबा, कुवेत, इराक, लेबनान, ईजरायल, जोर्डन, ईजिप्ट र यमनमा रहेका एनआरएनहरूको सहभागी रहनेछ । सो क्षेत्रबाट प्रतिनिधिहरु कार्यक्रममा सहभाागि हुनेछन् ।






