लन्डन । नेपाली सांगीतिक क्षत्रमा छुट्टै पहिचान बनाएर सदाबहार चलिरहने लोकदोहोरी चर्चित गायक सुनिल थापाले यस पटक ‘बाजा तालमा’ बोलको नयाँ पन्चेबाजा गीत सार्वजनिक गरेका छन ।
उक्त गीतमा सुमधुर आवाजका धनि गायक सुनिल थापा र तारा थापाको आवाज रहेको छ भने रुद्र परियारले शब्द लेखेका छन् ।
उक्त म्युजिक भिडियोलाई अत्याधुनिक प्रविधिसहित छायाँकन गरिएको गायक थापाले लण्डन नेपाल न्यूज डट कम लाई बताए ।
रोशन भाटको छायाँकन रहेको गीतको सम्पादन प्रबिन भट्ले गरेका छन् । म्युजिक भिडियोलाई प्रदीप थापा र उदिराम खड्काले निर्देशन गरेका हुन ।






