‘तिमी भरि पोखिएछु उठाउन भ्याएको छैन,
मनको कुरा गर्नु थियो हिम्मत आको छैन…..
तिमीलाई जीवन सम्झे, त्यही चोखो माया गर्ने माथि
आज ठूलो झेल भयो हे हे लोग्नेमान्छे……
बिच्छीले डस्यो मलाई विसले मातिए म
जवानीले पोल्यो मलाई झन झन आतिए म….
यो आखाँले राजेको यो मनले खोजेको
तिमी नै त हौ……………
यी गीतहरु माघ २३ देखी प्रर्दशनमा आउन लगेको चलचित्र लोग्नेमान्छेका हुन जुन यतिवेला चर्चामा रहेकाछन् । सयौँ टेलिसिरियल बनाएर टेलिसम्राटको उपाधी पाएका लय संग्रौलाको शब्दमा सङ्गीत चेतन सापकोटाले गरेका छन् भने स्वरुपराज आचार्य, दीपक लिम्बू, माण्डवी त्रिपाठी, इन्दिरा जोशी र अञ्जु पन्तको स्वरमा गीतहरु रहेका छन् ।
प्रदीप मित्तलले बनाएको लोग्नेमान्छेमा दिलीप र नन्दितालाई मुख्य कलाकार लिएर तयार भएको हो । चलचित्रमा दिलीप र नन्दिताका अलावा लय संग्रौला, बालदीप राई, नीक शर्मा, केशव भट्टराई, अनिशा गुरmङ, ध्रुव कोइराला, सङ्गीत लिम्बूलगायतको अभिनय रहनको छ ।
अहिले चलचित्रको निर्माण प्रवृत्ति जुन प्रकारले गरिएको छ, त्यो धारभन्दा अलग धारमा अर्थात् हाम्रो सामाजिक धरातल र समाजले अझ भनौ“ परिवारभित्रको अमुक समस्यालाई प्रष्ट्याउन खोजिएको चलचित्र भएको यसका परिकल्पनाकार उत्तम केसी बताउँछन् । छायाँकन कृष्ण श्रेष्ठ, नृत्य कविराज गहतराज, द्वन्द्व रोशन श्रेष्ठ, मिक्सीङ सुनयमान श्रेष्ठ, सम्पादन वनिश शाह, श्रृंगार श्याम वराल र व्यवस्थापन भुपेन्द्र पराजुलीको रहेको छ ।






