लोकगायिका मन्जुलाई के को लाग्यो तल तल (भिडियो सहित)

manju2

जेनी भट्टराई

लन्डन । गायन यात्राको छोटो अवधिमै चर्चा बटुल्न सफल लोकगायिका मन्जु पौडेल यतिखेर फेरि मिडियामा सर्वत्र छाएकी छिन् । तल तल लाग्यो… बोलको गीत र म्यूजिक भिडियो सार्वजनिक भएसंगै उनी चर्चामा रहिन् ।

एक जमानाका सर्वाधिक लोकप्रिय गायक राजु परियारका साथ मन्जुको स्वर रहेको उक्त गीत तल तल लाग्यो… सबैतिर सुनिन थालेको छ । गीतकार एक नारायण भण्डारीको लय शब्द रहेको उक्त गीतको भिडियोमा स्नेहा र प्रज्वलको अभिनय छ भने कोरियोग्राफी प्रशान्त तामांगले गरेका छन् ।

दुर्गा पौडेलले छायांकन र प्रवीण भट्टले सम्पादन गरेका हुन् भिडियो । गाउन थालेको करिब ५ वर्षको अवधिमा उनका करिब डेढ दर्जन गीत रेकर्ड भइसकेका छन् । ति मध्ये श्रोताले यो ज्यानलाई के भाछ, सिन्की सांधेर, धुंवासरि फैलियो… बोलका गीत अत्यधिक रुचाए । यसै वर्षको तीज ताका उनको मुखैले ठिक्क बनायो…गीत पनि श्रोताले खुब रुचाएका थिए ।

स्टेज तताउन माहिर मन्जुलाई एकथरि स्टेज क्वीनको उपमा दिन्छन् भने महोत्सव क्वीन ठान्नेको जमात पनि उत्तिकै छ ।