मिसेस नेपाल यूकेको नारी दिवस २३ मार्चमा

लन्डन । मिसेस नेपाल यूके २०१८ टिमले लन्डनमा नारी दिवस मनाउने भएको छ । आगामी २३ मार्च शनिबार अन्तर्राष्ट्रिय नारी दिवस मनाउने तयारीमा श्रीमति सुन्दरीहरु जुटेका हुन् । हयारो बरो फुटबल क्लवमा सांझ ५ बजे देखि हुने कार्यक्रममा नारी दिवसको महत्व, महिला सशक्तिकरण मुद्दाबारे प्रवचन, मिसेस नेपाल यूके २०१८ विजेताहरुको प्रिजेन्टेसन, क्याटवाक र सांस्कृतिक कला देखाइनेछ । 

बिनु र ब्युटी फर चेन्ज सुनिता श्रेष्ठको संयोजनमा नारी दिवस पृथक रुपमा मनाउन लागिएको हो । कार्यक्रम आयोजक कमिटीमा निरु कोइराला, बन्दना केसी, सबिता श्रेष्ठ थापा, सबु सेन्चुरी, सन्तोषी कार्की, अन्सु बस्नेत, अमिका भण्डारी, स्वस्तिका लोहनी, मुना राउत, रिमा कंडेल, मिसेस नेपाल यूके २०१७ आस्था जोशी बटाजु लगायतको प्रत्यक्ष सहभागिता रहने छ । कार्यक्रममा समुदायको हितका लागि काम गर्ने महिला अभियन्ताहरुलाई सम्मान गर्ने योजना पनि रहेको बिनुले बताइन् ।

लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठले मिसेस नेपाल यूके प्रतियोगिता गर्दै आएकी छन् र अहिलेको दोश्रो संस्करण हो । मिसेस नेपाल यूके २०१८ बिनु लामिछाने घिमिरेले उक्त कार्यक्रममा सहभागिताका लागि सबैमा अपिल गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *