एजेन्सी- युरो कप छनोट खेलको तयारीमा रहेको जर्मनीलाई मैत्रीपूर्ण खेलमा सर्बियाले धक्का दिएकाे छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा जर्मन सर्बियासँग १–१ गोलको बराबरीमा रोकिएको हाे ।
खेलमा १२ औं मिनेटमा सर्बियाका लुका जोभिकले गोल गर्दै सर्बियालाई अग्रता दिलाए । तर, जर्मनीलाई गोल फर्काउन लामो समय कुर्नु प-याे । ६९ औं मिनेटमा लियोन गोर्टेज्काले गोल गरेपछि जर्मनीले बराबरीमा पुगेको थियो । दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेको जर्मनीले थप गोल गर्न सकेन ।
इन्जुरी समयमा मिलान पाभकोभ रातो कार्ड पाउँदै बाहिरिएपछि सर्बिया १० खेलाडीमा समेटिएको थियो । उनले लेरोइ सानेलाई फल हानेपछि रातो कार्ड पाएका थिए । युरोकप छनोटअघि कमजोर टोलीसँगको बराबरीले जर्मनी झस्किएको छ । जर्मनीले आइतबार नेदरल्याण्ड र सर्बियाले पोर्चुगलसँग खेल्दैछ ।






