आउँदो ९ एप्रिल बेलुका लन्डनका मेयरको अफिस, सिटी हल, मा हुने सो कार्यक्रममा बेलायतकालागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी प्रमुख अतिथिको रुपमा सहभागी हुनुहुने नेटवर्कले जनाएको छ। कार्यक्रममा हेल्प नेपाल नेटवर्क नेपाल शाखाका अध्यक्ष अरुण सिंह बस्नेतले पनि प्रस्तुति गर्नु हुनेछ ।“मातृभूमिको लागि महिनामा एक पौण्ड वा एक डलर” भन्ने नारा दिएर सन् १९९९ मा बेलायतबाट स्थापित नेटवर्क को हाल नेपाल लगायत १४ मुलुकमा शाखाहरु रहेका छन् ।

“हाम्रो स्थापनाकाल देखि नेपालमा विपन्न समुदायका लागि सेवा पुराउने हाम्रो अभियानमा सहयोग गर्दै आउनु भएका सबै सहयोगीहरुप्रति हामी यस अवसरमा हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौं। आगामी दिनमा पनि तपाईहरुबाट यस्तै माया र सहयोग पाईरहने हामीले विश्वास लिएका छौं,” हेल्प नेपाल नेटवर्क युकेका अध्यक्ष डा. प्रणव ज्ञवालीले भने।
नेटवर्कका कामहरुबारे थप जानकारी www.helpnepal.net मा गएर पाउन सकिन्छ ।






