काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट भारी मतान्तरले विजयी भएका छन् ।
नेकपा एमालेका डा. राजन भट्टराईलाई ७ हजार ४४७ मतको अन्तरले पराजित गर्दै गगनले ह्याट्रिक जीत दर्ता गरेका हुन् ।
यसक्रममा गगनले २१ जार ३०२ र राजनले १३ ८५५ मत पाए । गगन २०७० र २०७४ मा पनि यस क्षेत्रबाट विजयी भएका थिए । काठमाडौं– ४ बाट ह्याट्रिक गरेका गगन थापाले प्रधानमन्त्रीका लागि एटेम्ट गर्ने बताएका छन् ।
आइतवार मतदान गरेलगत्तै गगनले निर्वाचित भएको भोलिपल्टदेखि नै संसदीय दलको नेता बन्न पहल गर्ने बताएका थिए ।
प्रधानमन्त्री बन्नका लागि पहिला राजनीतिक दलको संसदीय दलको नेता बन्न आवश्यक पर्छ ।






