काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) को जित सुनिश्चित भएको छ ।
१९ हजार ३२३ मत गणाना बाँकी हुँदा बालेन २० हजार ३७६ मतले अघि छन् । एक लाख ९१ हजार ५१ मत खसेको काठमाडौंमा हालसम्म एक लाख ७१ हजार ८०२ गणना भइसकेको छ ।
अहिलेसम्म बालेनले ५५ हजार ७४७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले ३५ हजार ३७१ मत ल्याएर दोस्रो स्थानमा छिन् ।
यस्तै‚ नेकपा (एमाले) का केशव स्थापितले ३४ हजार ६२६ र स्वतन्त्र उम्मेदवार सुमन सायमीले १० हजार ३२२ मत ल्याएका छन् ।






