कतारमा इंग्ल्यान्डले इरानलाई हरायो

लण्डन । विश्वकप २०२२ मा इंग्ल्यान्डले उत्कृष्ट सुरूवात गर्न सफल भएको छ। सोमबार भएको समूह ‘बी’को खेलमा इंग्ल्यान्डले इरानमाथि ६-२ गोलको सानदार जित निकाल्न सफल भएको हो।

इंग्ल्यान्डले इरानको पोस्टमा आधा दर्जन गोल छिरायो। खेलको पहिलो हाफमै तीन गोलको अग्रता लिएको इंग्ल्यान्डले दोस्रो हाफको ६२ औँ, ७१ र ८९ औँ मिनेटमा पुन: एकएक गोल थपेको थियो।

खेलको ६५ औँ मिनेटमा इरानको लागि तारेमीले एक सान्त्वना गोल फर्काएका थिए। खेल सकिन एक मिनेटपूर्व पाएको पेनाल्टी सदुपयोग गर्दै उनले दोस्रो गोल गरेका थिए।

इंग्ल्याण्डको लागि साकाले दुई तथा बेलिङहम, स्टर्लिङ, रास्फोर्ड र ग्रेलिसले एकएक गोलको योगदान गरेका थिए। समूह बीमा रहेको इंग्ल्याण्डले अर्को खेल आगामी विहीबार अमेरिकासँग खेल्नेछ