यस्तो देखियो’ एनआरएन यूकेको १ सय ८ औं नारी दिवस [भिडियो सहित/ फोटो फिचर]

शिव भण्डारी/

लन्डन । लन्डनमा एनआरएन यूकेले नारी दिवस भब्यताका साथ मनाएको छ । १०८ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा एनआरएन यूकेले एक कार्यक्रम आयोजना गरि दिवस मनाएको हो ।

कार्यक्रममा एनआरएन यूके महिला विभागको सकृयतामा लन्डनको वुल्वीचमा शनिवार अन्तरक्रिया सहितको कार्यक्रम आयोजना गरियो ।

कार्यक्रममा एनआरएन निकट तथा विभिन्न सन्स्थाका प्रतिनिधि बेलायतवासी महिलाहरुको सहभागिता रहेको थियो । सो अवसरमा एनआरएन केन्द्रीय उपाध्यक्ष कुल आचार्य, एनआरएन यूके पूर्व अध्यक्ष महेन्द्र कंडेल, अध्यक्ष योगकुमार फगामी लगायतले नारी दिवसको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम्मा विभिन्न सस्था तथा समुहको प्रतिनिधित्व गर्ने महिलाहरुले मन्तव्य राखे । कतिपयले कविता वाचन समेत गरेका थिए । लोक गायिका मन्जु विकसहित अन्य केही स्थानीय कलाकारले नृत्य , गीत सहित सास्कृतिक प्रस्तुती गरे ।

एनआरएन यूके महिला विभाग संयोजक लिलादेवी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सह संयोजक निआ देवानले संचालन गरिन भने अर्की सह संयोजक लिला शेलिङले स्वागत मन्तव्य राखेकी थिइन ।कार्यक्रमको प्रत्यक्ष प्रशारण लन्डन नेपाल न्यूज डट कम—-