शिव भण्डारी/लन्डन
‘मिसेस नेपाल यूके २०१७ टिम’ भक्तपुरस्थित दिवा कक्षा केन्द्रमा आश्रित मस्तिष्क पक्षघात भएका बालबालिकाको सहयोगार्थ लन्डनमा एउटा च्यारिटी डिनरको तयारीमा जुटेको छ । टिमले मस्तिष्क पक्षघात भएका बालबालिकाको सहयोगार्थ आगामी ११ मार्च सांझ च्यारिटी डिनर गर्न लागेको जनाएको छ ।
मिसेस नेपाल यूके २०१७ टिमले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा सञ्चारकर्मीसँग कुराकानी गर्दै राजदूत डा.दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा च्यारिटी गर्न लागिएको जानकारी गराइयो ।
आयोजकले अन्य च्यारिटीभन्दा निकै फरक शैलीमा गर्न लागिएको बताउँदै नाटक, सांस्कृतिक कार्यक्रम र डिनरसहित हुने उक्त कार्यक्रममा एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीलगायत बेलायतका विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी रहने बताएको छ ।
आयोजकले आफूहरुको निस्वार्थ सामाजिक कामका लागि चन्दा तथा प्रायोजन गरि सहयोग गरिदिन अपिल गरेका छन् । एनआरएनए यूके महासचिव आर के त्रिपाठीले संघ र आफ्नो व्यक्तिगत तर्फबाट च्यारिटीलाई आर्थिक सहयोग हुने बताउँदै सामाजिक कार्यमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा मिसेस नेपाल यूके संस्थापक मनिषा डंगोल श्रेष्ठसहित आयोजकका तर्फबाट आस्था जोशी, गिता बस्नेत पाण्डे, प्रिमा भट्टराई, अमृता गिरी गजुरेल, मन्जु शाह, शर्मिला पछाइ थापा र अन्जु श्रेष्ठको सहभागिता थियो ।कार्यक्रमको प्रत्यक्ष प्रशारण लन्डन नेपाल न्यूज डट कम—-









