मुस्ताङमा कांग्रेसका २९ वर्षीय योगेश गौचन विजयी

मुस्ताङ  नेपाली कांग्रेसले आमनिर्वाचन-२०७९ मा खाता खोलेको छ।

प्रतिनिधि सभा सदस्यमा कांग्रसेका उम्मेदवार योगेश गौचन ३ हजार ९९२ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । औपचारिक घोषणा हुन भने बाँकी छ ।

२८ वर्षीय गौचनले नेकपा एमालेका प्रेमप्रकाश तुलाचनलाई पराजित गरेका हुन् । तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका छन् ।