हतारहतारमा प्रतिवेदन तयार, संयोजन समितिको बैठक अनिश्चित

kf6L{ Pstf ;+of]hg ;ldltsf] a}7s nlntk'/sf] dfgejgdf a'waf/ a;]sf] g]skf -Pdfn]_ / g]skf -dfcf]jfbL s]Gb|_sf] kf6L{ Pstf ;+of]hg ;ldltsf] a}7s . tl:a/M gjLg kf}8]n, /f;;

काठमाडौं– एमाले र माओवादीका अध्यक्षले गत शनिबार नै दुवै कार्यदललाई चाडो प्रतिवेदन तयार गर्न निर्देशन दिएका थिए ।

अध्यक्षद्धयको निर्देशन बमोजिम कार्यदलका नेताहरुले हतारहतारमा रातारात प्रतिवेदन पनि तयार पारे ।

तर, प्रतिवेदन तयार भएको तीन दिन भयो । दुवै प्रतिवेदन कार्यदलका संयोजकसँग छन् ।

एमाले नेता माधव कुमार नेपाल नेतृत्वको कार्यदलले तयार पारेको राजनीतिक प्रतिवेदन र रामबहादुर थापा बादल नेतृत्वको कार्यदलले तयार पारेको विधान मस्यौदा कार्यदलको प्रतिवेदन शुक्रबार नै क्रमशः नेपाल र थापालाई बmझाइएको दुवै कार्यदलका सदस्यहरुले बताएका छन् ।

‘हाम्रो कार्यदलले शुक्रबार नै प्रतिवेदन तयार पारेर संयोजकलाई दिएको हो, अव उहाँहरुले अध्यक्षलाई कहिले बुझाउनुहुन्छ हामीलाई थाहा भएन’ राजनीतिक प्रतिवेदन कार्यदलका सदस्य सुवास नेम्वाङले बताए ।

उनले कार्यदललाई हतारहतारमा प्रतिवेदन तयार गर्न लगाएपनि प्रतिवेदन तयार भएपछि शीर्ष नेताले पार्टी एकताबारे सुस्तता देखाएको गुनासो गरे । भने ‘काम सकिइसकेको छ । जति ढिला गर्यो त्यति आशंका उव्जन थाल्छन् त्यसैले छिटो टुङग्यउनु राम्रो हुन्छ ।’

उता विधान मस्यौदा कर्यदलका सदस्य सुरेन्द्र पाण्डेले पनि कार्यदलले प्रतिवेदन तयार पारेर संयोजक थापालाई शुक्रबारै बुझाएको बताए । उनले प्रतिवेदन तयार भएपनि अरु काम शीर्ष नेताकै कारण रोकिएको बताए ।

‘हामीले हाम्रो जिम्मेवारी पुरा गर्यौ बाँकी काम उहाँहरुकै हो’ एमाले नेता समेत रहेका पाण्डेले भने ‘ अव प्रधानमन्त्रीको भारत भ्रमणअघि प्रतिवेदनको कारवही होला जस्तो देखिन्न ।’

कार्यदलले प्रतिवेदन तयार पारेपछि शीर्ष नेताले एकता संयोजन समितिको बैठक बोलाएर छलफल गर्ने र प्रतिवेदनमा नमिलेका केही कुरा सच्चाउने नेताहरुले बताएका थिए ।

तर, प्रतिवेदन तयार भएको ३ दिन वित्दा पनि शीर्ष नेताले एकता संयोजन समितिको बैठक बोलाएका छैनन् ।

‘एकता संयोज समतिको बैठक कहिले बस्ने भन्ने निश्चित भएको छैन । यसको टुङगो दुई दलका अध्यक्षले गर्ने हो । मैले बुझेअनुसार प्रधानमन्त्रीको भारत भ्रमणअघि समितिको बैठक बस्ने देखिदैन’ एकता संयोजन समितिका सदस्य तथा माओवादी नेता नारायणकाजी श्रेष्ठले बताए ।

नेपाल नेतृत्वको कार्यदलले करिब ४१ पृष्ठको प्रतिवेदन तयार पारेको छ भने थापा नेतृत्वको कार्यदलले १६ अध्याय र ७८ धाराको अन्तरिम विधान तयार पारेको थियो ।

यस अघि दुवै पार्टीका नेताहरुले प्रधानमन्त्री ओलीको २३ चैत्रबाट शुरु हुने भारतभ्रमण पूर्व नै एकता गर्ने बताएका थिए ।

तर, अव यो कोर्स सकिएको नेताहरुले नै बताएका छन् ।

अब दुई पार्टीवीच कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा बैशाख ९ गते पार्टी एकताको तयारी हुनेछ ।

संगठनमा कुन पार्टीको कति प्रतिशता सहभागीता गराउने भन्ने मतभेद चाहिँ अझै टुंगिएको छैन् ।