पोखरा, ३० फागुन । गोरो अनुहार। गुलाबी ओठ। सर्लक्क परेको केस। सुडौल ज्यानमा टिपिक्क परेको वस्त्र लगाएर हरेक रात उनी कोठाबाहिर निस्कन्छिन्। झट्ट हेर्दा मोडलजस्तै लाग्ने उनलाई देखेर नलोभिने कमै होलान्। अर्धनग्न देह देखाउँदै मीठो बोली बोल्ने उनको नशालु हेराइ हरपल धनाढ्य पुरुषको खोजीमा हुन्छ। भर्खर २२ वर्ष टेकेकी सोनियाले १७ वर्षको उमेरदेखि नै देह बेच्दै आएकी हुन्। देशका ठूलाठूला सहर घुम्ने, त्यहाँका हुनेखानेहरूको यौनको तिर्खा मेटाएर रकम जम्मा गर्नु उनको पेसा हो। त्यसैका लागि उनी हरेक दिन ब्युटी पार्लर पुगेर आफ्नो देहलाई अनेक शृंगार र पोसाकले रंगाउँछिन्।
सुख र सम्पत्तिका लागि जवानीको प्याला बेच्ने क्रममा हालै पोखरा आइपुगेकी उनी परिवार पाल्न र सुखद भविष्यका लागि यौनकर्मी बनेको बताउँछिन्। ‘अरू सहरभन्दा पोखरामा निकै कमाइ हुँदो रहेछ’, रातभरको पाँच हजार रुपैयाँ लिने उनले खुसी हुँदै भनिन्, ‘नेपालीले भन्दा विदेशीले धेरै रुपैयाँ दिन्छन्। ग्राहकलाई जति खुसी पार्न सक्यो त्यति नै पैसा दिन्छन्।’
सुरुका ग्राहक दलालमार्फत आउने र चिनजान भएपछि मोबाइलमार्फत सम्पर्क हुने उनले बताइन्। हरेक रात र दिनमा समेत व्यस्त हुने उनले कुनै दिन फुर्सदमा बस्न नपरेको सुनाइन्। ‘मैले नभ्याउँदा साथीहरूलाई मिलाइदिन्छु’, उनले भनिन् ‘शरीरै बेचेर घरघडेरी जोडिसकेको छु।’
उनले धेरैजसो ग्राहक व्यवसायी, पर्यटक, युवक, सुरक्षाकर्मी, चालक, कर्मचारीहरू हुने जानकारी दिइन्। ‘जानेर वा नजानेर यो पेसामा लाग्यौं’, उनले भनिन्, ‘सरकारले हामीलाई वेश्या भनेर लखेट्ने होइन। निश्चित एरिया तोकी कर लिएर काम गरी खान दिन पर्यो।’ प्रतिग्राहक उनले तीन हजारदेखि पाँच हजार रुपैयाँसम्म लिने गरेकी छन्।
पोखरामा बढ्दो जनघनत्व र आर्थिक गतिविधिसँगै केही वर्षदेखि यौन व्यापार फस्टाएको छ। बागलुङ बसपार्कलगायतका क्षेत्रबाट खुलेआम सञ्चालन भइरहेको यस्तो धन्दाबारे आलोचना हुन थालेपछि प्रहरीले त्यस्ता ठाउँमा छापा मार्ने र पक्राउ गरी कारबाही गर्न थाल्यो। प्रहरीको कडाइपछि यौन व्यवसायका तौरतरिका पनि बदलिए।
कोठा भाडामा लिएर र सम्पर्क गरेपछि ग्राहकले भनेको ठाउँमा जान थालेका छन्, यौनकर्मी। उनीहरू ग्राहकलाई सन्तुष्ट बनाउन कुनै कसुर बाँकी राख्दैनन्। प्रहरीको कडाइपछि सोनिया पनि होटलबाट कोठामा पुगेकी छन्। कोठा भाडामा लिएरै उनी ग्राहकका यौन प्यास मेटाउन तल्लीन छिन्।
पैसाको लोभमा पुराना यौनकर्मीको लहलहैमा तानिएकीमध्ये २६ वर्षीया नश्मा अर्की पात्र हुन्। घरको आर्थिक अवस्था कमजोर भएकाले उनीमाथि पारिवारिक जिम्मेवारी आइप-यो। छिट्टै धेरै पैसा कमाउने महत्त्वाकांक्षा बोकेर यौन व्यवसायमा लागिन् उनी। यौनकर्मीमाझ उनले कल गर्लको पहिचान बनाएकी छन्।
ग्राहकको आग्रहअनुसार एजेन्टले कमिसन लिएर दुवैलाई मिलन गराउँछन्। ‘ग्राहकको प्यास मेटाउन बोलाएको ठाउँमा जाने गरेकी छु’, उनले भनिन्, ‘दिउँसोभन्दा राति बसेको पैसा अलि बढी लिने गरेको छु।’ ग्राहकसँग एक रात बिताएको उनले न्यूनतम ६ हजार रुपैयाँ लिने गरेकी छन्।
‘भर्खरका केटाहरूसँग रात बिताउनुभन्दा पाका उमेरकासँग रात बिताउनुको मज्जा बेग्लै हुन्छ। केटाहरूले धेरै दु:ख दिन्छन्। सेक्स गरेपछि पैसा दिन पनि गाह्रो मान्छन्’, उनले थपिन्, ‘बूढाहरू माया पनि बढी गर्छन्। काम गरेपछि पैसा दिन लोभ गर्दैनन्।’
रात बिताउने ग्राहकको अभाव नहुने र बिनाकन्डम सेक्स प्यास मेटाउन खोज्ने धेरै हुने गरेको उनले सुनाइन्। पछिल्लो समय उनीहरू स्वास्थ्यप्रति सचेत हुँदै गएका देखिन्छन्। कन्डमबिना सेक्सका लागि तयार हुने यौनकर्मीको संख्या निकै कम छ।
माथिका त केही उदाहारणमात्र हुन्। ग्राहकको खोजीमा यौन व्यापारका लागि पोखरा भित्रिनेको संख्या अधिक देखिन्छ। पोखरामा आर्थिक अवस्था कमजोर रहेका, श्रीमानले छाडेका, साथीको संगतमा अनि कामको खोजीमा बजार झरेका र दलालको फन्दामा परेका १४ देखि ३७ वर्षका महिला यौन व्यवसायमा लागेको पाइन्छ।केही त श्रीमानबाट यौन सन्तुष्टि पाउन नसकेका महिला पनि छन्।
विराटनगर, लहान, धरान, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, मकवानपुर, रूपन्देहीलगायतका जिल्लाबाट यौनकर्मीहरू सेक्स टुरिजमको खोजीमा पोखरा आइपुग्ने गरेको पाइन्छ। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले केही समयअघि गरेको अध्ययनअनुसार ८० प्रतिशत यौनकर्मी महिला विभिन्न जिल्लाबाट पोखरा आई अस्थायी बसोबास गरेको देखिन्छ। त्यसमा नयाँ यौनकर्मीको संख्या ४७ प्रतिशत छ।
पर्यटकीय सुन्दर सहर पोखरा पछिल्ला दिनमा ‘सेक्स टुरिज्म’ एउटा आकर्षक गन्तव्यका रुपमा विकसित हुँदैछ।यौन सन्तुष्टिको खोजीमा पर्यटक भित्रिने क्रम बढ्दै जान थालेपछि सेक्स टुरिज्जमका पक्षमा पोखराका पर्यटन व्यवसायीले वकालत गर्न थालेका छन्। पर्यटकलाई आकर्षण गर्ने माध्यम सेक्स टुरिज्म पनि बन्न सक्ने भन्दै राज्यले यौन बजारलाई वैधानिकता प्रदान गर्नुपर्ने माग संगठित रुपमा उठ्न थालेको छ।
अन्नपूर्ण पोस्ट
पोखरामा फस्टाउँदै छ ‘सेक्स टुरिज्म’






