सरकारको कामप्रति एमाओवादी नै असन्तुष्ट

Maoist Meeting
काठमाडौं- सत्तारुढ प्रमुख दल एमाओवादीले सरकारको कार्यशैलीप्रति व्यापक असन्तुष्टि जनाएको छ। आफ्नै मन्त्रीहरुको कामसमेत चित्त बुझदो नभएको निष्कर्ष निकाल्दै एमाओवादीको तीन दिन चलेको स्थायी समिति बैठकले कार्यशैली सुधार्न प्रधानमन्त्रीसागै विशेष कुराकानी गर्ने निर्णय गरेको छ।

सरकारको कार्याकाल सय दिन पुरा भइसक्दा पनि जनतामा प्रभाव पार्ने कुनै काम अघि बढ्न नसकेको, काम भन्दा बढी गफ मात्र भइरहेको ठहर एमाओवादीको छ। कार्यशैली सुधार नगरे सरकारप्रतिको विश्वास टुट्ने सम्भावना रहेको भन्दै एमाओवादीले प्रधानमन्त्री केपी ओलीलाई परिणाममुखी काम गर्न सचेत गराउने भएको हो।

‘सकरारको काम गर्ने शैली सच्चाउनुपर्ने भएको छ’ एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने,‘ परिणाममुखी हुनेगरी काम अघि बढनुपर्छ र यसका लागि प्रधानमन्त्रीलाई नै ध्यानाकर्षण गराउने कुरा भएको छ।’