काठमाडौं, ३० फागुन । संविधानको विवादित विषयमा मूख्य दलहरुले आजबाट औपचारिक छलफल थाल्दै छन् । सम्बन्ध सुधार्न द्विपक्षीय वार्ता गरेपछि दलहरु सामूहिक वार्तामा बस्न लागेका हुन् । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमाले तथा विपक्षी मोर्चाका एकीकृत माओवादी र मधेशी मोर्चाका दलहरुबीच छलफल हुन लागेको हो ।
बैठकमा संविधानको विवाद रहेका विषयमा सहमतिको प्रयास गरिने बताइएको छ । यसअघि हिजो एमाले र एकीकृत माओवादी तथा कांग्रेस र मधेशी दलहरुले सम्बन्ध सुधार्न एवं संविधानका विवादित विषयमा कसरी समाधान गर्न सकिन्छ भनेर छुट्टछुट्टै छलफल गरेका थिए ।
मुख्य दलहरु छलफलमा






