कैलालीमा नागरिक उन्मुक्ति पार्टीका चाैधरी विजयी

कैलाली । नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभामा जितको खाता खोलेको छ।

कैलाली ३ बाट नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी विजयी भएका हुन् । उनले २३,१२० मत पाउँदा गठबन्धनका कुन्दन चौधरीले १७,७४९ मत पाए ।

एमालेका गौरीशंकर चौधरीले ९,८७४ र राप्रपाका बिरेन्द्र बमले ७,०४७ मत पाएका छन् ।