प्रवासी नेपाली मंच यूकेको १३ औं वार्षिकोत्सव जनवरी ७ मा

लन्डन– नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च बेलायतले १३ औं वार्षिकोत्सव जनवरी ७ मा मनाउने भएको छ ।

जनवरी ७ तारिख आइतबार साँझ लन्डननको साउथ ह्यारोस्थित गोल्डेनसिप रेष्टुरेन्टमा स्थापना दिवस समारोह गर्न लागिएको हो ।

तस्बिर: मंचको चौथो अधिबेशनमापार्टीका केन्द्रीय सचिव योगेश भट्टराईका साथमा प्रवासी नेपाली मन्च युकेका अध्यक्ष कामरेड राजेन्द्र पुडासैनी र मन्चका पूर्व अध्यक्ष कामरेड रामशरण सिंखडा !

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूतका साथै बेलायती सांसदहरु र लेबर पार्टीका नेताहरुलाई अतिथीको रुपमा आमन्त्रण गरिएको छ । साथै लायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधी, एनआरएन अगुवा, बुद्धिजिवी, व्यवसायी, पेशाकर्मी लगायत पनि समारोहमा सहभागी हुने मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनीले जानकारी दिए ।

कार्यक्रममा शुभकामना आदानप्रदान, रात्रीभोजका साथमा विशेष सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुति पनि गरिने बताइएको छ । नेपालबाट आएका राष्ट्रिय कलाकारले आफ्नो प्रस्तुति देखाउने भएका छन् ।

कार्यक्रम आयोजना गर्न उपाध्यक्ष रामजी बरालको संयोजकत्वमा सदस्यद्वय उमेश राज मोक्तान र कृष्ण तिवारी सदस्य रहेका छ ।