काठमाडौं- सिम्रिक एयरको विमानमा ‘यहाँ बम राखिएको छ’ भन्ने कागजको टुक्रा फेला परेपछि केहीबेर आतंक फैलियो । तर कुनै पनि शंकास्पद बस्तु फेला नपरेको प्रहरीले जनाएको छ।
काठमाडौंबाट सोलुखुम्बु यात्रु लिएर पुगेको सिम्रिक एयरको 9NAIE विमानको लगेज राख्ने स्थानमा ‘खबरदार यहाँ बम राखिएको छ’ भन्ने कागजको चिर्कटोमात्रै फेला परेको र जाँचबुझ गर्दा केही फेला नपरेको सोलुखुम्ब प्रहरी प्रमुख डिएसपी माधव बुढाथोकीले जानकारी दिए।
उनका अनुसार उक्त विमान यात्रु लिएर काठमाडौं फर्किएको छ । विमानमा कागजको चिर्कटो फेला परेपछि विमान जाँचका लागि केहीबेर विमानस्थल बन्द गरिएको थियो।






