मनाङमा एमालेको अर्को जित

मनाङ- मनाङको नेस्याङ गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष सहित सबै वडामा बिजय हासिल गरेको छ ।

मतगणना अनुसार एमालेका कान्छा घले ६२७ मत प्राप्त गरी बिजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका बिनोद गुरुङले ४६१ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा एमालेकी मिंखु गुरुङले ६११ मत प्राप्त गरेर जित निकालेका छन् ।

कांग्रेसकी छिरिङ ओङमा गुरुङलाई ५०४ मत प्राप्त भएको छ ।

यसअघि मनाङको चामे गाउँपालिकामा पनि एमालेका डम्बर बहादुर घले बिजयी भएका थिए ।