काठमाडौं– महानगरपालिकाको मतगणना ११ बजेबाट सुरु हुने भएको छ ।
मतगणनाका लागि बसेको दलहरुको सर्वदलीय बैठकमा गणना ११ बजेबाट सुरु गर्ने सहमति भएको हो ।
काठमाडौं महानगरपालिकाका १६९ पदका लागि ८६७ को उम्मेदवारी परेको छ ।
त्यस्तै पुरुष उम्मेदवार ५४९ तथा महिला उम्मेदवार ३१८ रहेका छन् ।
काठमाडौँका कुल मतदाता २लाख ७९ हजार ३०६ रहेका छन् ।
प्रमुखमा २८, उपप्रमुखमा १३ जनाको उम्मेदवारी परेको काठमाडौमा एमाले राप्रपा गठबन्धन बनेको थियो ।
मेयरका उम्मेदवार
नेपाली कांग्रेसका राजुराज जोशी – ० मत
माओवादी केन्द्रका सर्वोत्तम डंगोल – ० मत
एमालेका विद्यासुन्दर शाक्य – ० मत
साझा पार्टीका किशोर थापा – ० मत
विवेकशील नेपाली पार्टीका रञ्जु दर्शना – ० मत
उपमेयरका उम्मेदवार
नेपाली कांग्रेसका हरिप्रभा जोशी खड्गी — ० मत
माओवादी केन्द्रका सुशीला पौडेल — ० मत
राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठ — ० मत
साझा पार्टीका निरुपमा यादव — ० मत






