भरतपुर महानगरमा मतगणना सुरु

भरतपुर- सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच तालमेल गरिएको भरतपुर महानगरपालिकामा सर्वदलीय बैठकपछि मतगणना सुरु भएको छ । भरतपुरमा कांग्रेस-माओवादी गठबन्धनका तर्फबाट रेणु दाहाल मेयरको उम्मेदवार छिन् ।

भरतपुरलाई काँग्रेस माओवादी र एमालेले प्रतिष्ठाको विषय बनाएका छन् ।

दाहाल प्रधानमन्त्री प्रचण्डकी छोरी पनि हुन् ।

चार प्रमुख महानगरमध्ये भरतपुर सर्वाधिक चासो राखिएको महानगर हो ।