ललितपुर महानगरमा काँग्रेसको अग्रता

ललितपुर– ललितपुर महानगरपालिका–१ वडाको पछिल्लो मत परिणामअनुसार नेपाली काँग्रेसले अग्रता लिएको छ ।

जम्मा २९ वडा रहेको महानगरमा प्रमुख पदका लागि १४ तथा अन्य पदका गरी ६३४ जनाले उम्मेदवारी दिएका थिए । कुल एक लाख १२ हजार ९२३ मतदाता रहेको महानगरपालिकामा ८९ हजार २१४ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा एक महानगरपालिका, दुई नगरपालिका र तीन गाउँपालिका छन् ।
आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनमा यहाँका सबै छ स्थानीय तह महानगरसहित दुई नगरपालिका र तीन वटै गाउँपालिकामा मतगणना जारी छ ।

जारी मत गणनामा

महानगरप्रमुख पदमा
नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जन ३६७ मत

नेकपा (एमाले) का हरिकृष्ण ब्यञ्जनकार ३०९ मत

नेकपा (माओवादी केन्द्र) का दिनेश महर्जन ११२ मत

उपमेयर
नेपाली काँग्रेसका उम्मेदवार गीता सत्याल — ३५३ मत

नेकपा (माओवादी केन्द्र) का हसिना शाक्य — ११७ मत

राष्ट्रिय प्रजातन्त्र पार्टीका बाबुकाजी प्रधान — ६३ मत

गोदावरी १ मा काँग्रेस, महाँकाल ६ मा एमाले विजयी