काठमाडौँ– जाजरकोटको शिवालय गाउँपालिका वडा नं १ मा नेकपा माओवादी केन्द्रका मानवहादुर पुनको प्यानल विजय भएको छ ।
गाँउपालिका अध्यक्षमा मानवहादुर पुनले २६९ मत ल्याएर विजयी भएका हुन् भने महिला सदस्यमा सदस्यमा रामसरी राना २४७ मत ल्याएर विजयी भएका हुन् ।
त्यस्तै सदस्यमा विजयी हुनेमा भद्री दमाई, कृष्णा राना र चन्द्रवहादुर पुन रहेका छन् ।
मनाङमा एमाले पहिलो पटक विजयी
मनाङ जिल्लाको चामे गाउँपालिकाबाट एमालेले बिजयी भएको छ ।
चामे गाउँपालिकाको प्रमुखमा एमालेका लोकेन्द्रवहादुर घले २१४ मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी अनिता लामाले १७३ मत प्राप्त गरेका छन् ।






