विमान दुर्घटना हुँदा आठ जनाको मत्यु

A picture taken on August 9, 2015 shows two burnt cars of OSCE (Organisation for Security and Co-operation in Europe) observers based in the separatist stronghold of Donetsk in eastern Ukraine. The observers said that four of their vehicles were torched outside their hotel in an apparent arson attack. AFP PHOTO/ ALEKSEY FILIPPOV

मस्को, २४ साउन । हेलिकप्टर सामुद्रिक विमान ठक्कर खाई दुर्घटना हुँदा रसियाको राजधानी मस्को नजिकै आठ हवाई यात्रुको मृत्यु भएको छ । दुर्घटनामा एक अर्का यात्रु हराईरहेको र उनको जीवित रहनसक्ने सम्भावना ज्यादै न्यून रहेको बताइएको छ । दुर्घटनापश्चात समुद्रमा छरिएको अवस्थामा रहेको आठ मृतक यात्रुको उद्धार गरिएको तर एक अन्यको अवस्था अज्ञात रहेको, रसियाको सङ्कटकालीन मन्त्रालयद्वारा आइतबार जानकारी गराइएको छ ।
सेस्ना नामक निजी समुद्री जहाज र एउटा आर ४४ नामक हेलिकप्टर मस्कोबाट करिब ६० किलोमिटर टाढा समुद्रमा दुर्घटना भएको मस्को क्षेत्रका डेपुटी गभर्नरले बताएको यहाँको इन्टरफ्याक्स समाचार समितिले जनाएको छ ।
घटनाको अनुसन्धानका लागि दुर्घटना छानविन समिति बनाइसकिएको पनि उक्त समाचार समितिले जनाएको छ ।