लण्डनमा २९६ औं पृथ्वी जयन्ती जनवरी ११ मा मनाइँदै

लन्डन- पृथ्वीनारायण शाहको २९६ औं जन्म जयन्ती बेलायतमा पनि मनाइने भएको छ ।

संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन थालेको हो । यसपटकदेखि सरकारले पृथ्वी जयन्तीमा सरकारी बिदा दिइसकेको छ ।

आउँदो जनवरी ११ तारिखका दिन दिउँसो लन्डन वेम्बलीको सडवरी टाउनस्थित हिमालयन क्लबमा कार्यक्रम तय गरिएको कार्यक्रमका संयोजक भरत क्षेत्रीले लन्डन नेपाल न्यूज डट कमका सम्पादक शिब भण्डारी सँगको टेलिफोन कुराकानीमा जानकारी दिए ।

कार्यक्रममा बेलायतस्थित बुद्धिजिवी, व्यवसायी, राजनीतिक दलनिकट संघ संगठन तथा विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, एनआरएन अगुवा, विद्यार्थी लगायतको सहभागितामा रहनेछ ।

बेलायतमा सन् २००७ देखि सुरु भएको पृथ्वी जयन्ती कार्यक्रममा सुरुका केहि वर्षमा न्यून सहभागिता देखिएपनि पछिल्ला वर्षहरुमा भने स्वस्फुर्त रुपमा कैयौंले भाग लिने गरेका छन् ।

थप जानकारी को लागी सम्पर्क:
Bharat Chhetry Mob: 07828289602,