भूकम्प पीडित नेपाली बालबालिका बेलायती परिवारलाई बिक्री गरेको खुलासा

balbalikaलन्डन- भूकम्प पीडित नेपाली बालबालिका बेलायती परिवारलाई बिक्री गरेको खुलासा भएको छ ।

भूकम्पमा बाँचेका नेपाल बालबालिका बेलायती परिवारहरुलाई घरेलु कामदारका रुपमा बेचिएको दाबी बेलायती अनलाइन द सनको स्थलगत अनुसन्धानपछि सार्वजनिक गरिएको छ । नेपाली बालबालिका बेचिएको समाचार प्रकाशित भएपछि बेलायत प्रहरीले पनि छानविन गर्ने भएको छ ।

समाचारमा जनाइअनुसार आधारमा नेपाली र बिहारका बालबालिकालाई ५ लाख भारु अर्थात ५ हजार २५० पाउण्डमा बेचिएको छ ।

बालबालिकालाई बिक्री गर्ने गिरोहको नाइके मख्खन सिंह नाम गरेका भारतीय भएको समाचारमा जनाइएको छ । उनी भारतको जालन्धरमा बस्छन् । मख्खनको समूहले बालबालिकालाई धर्मपुत्र/पुत्री वा घरेलु कामदारका रुपमा बेलायत पठाउने गरेको छ ।

सिंहले नेपालीका साथै भारतको बिहारका बालकालिकालाई पाँच लाख भारु वा पाँच हजार २५० पाउण्डमा बेच्ने गरेका छन् । ग्राहकको भेषमा जालन्धरमा पुगेका द सनको टोलीलाई मख्खनले बालबालिका पनि भेटाएका थिए ।

उनीहरुमध्ये १० वर्षका अमृत, १२ वर्षकी पूजा र १३ वर्षकी सुस्तीरामलाई उनले पालैपालो उठाएर आफ्नो नाम र उमेर भन्न लगाए । पूजाले फुर्तिसाथ भनिन्, ‘मेरो बोलाउने नाम प्रिती हो ।’

मख्खनले तीनै बालबालिका स्वस्थ रहेको र काम गर्न सक्षम रहेको दाबी गरे । उनीहरुलाई बेलायतसम्म लैजान आवश्यक पर्ने कागजपत्र बनाउने मानिस आफूसँग भएको उनले दाबी गरे ।

भुकम्पबाट घरबारविहीन भएका सबै बालबालिकाहरु भारतमा आश्रय लिइरहेको दाबी गर्दै उनले भने, ‘(काम लगाउन) नेपालीहरु ठीक हुन्छन् ।

नेपाली बालबालिका दासका रुपमा बेलायत ल्याइएको समाचार प्रकाशित भएपछि बेलायतका गृहसचिव थोमस मईले छानविन गर्न निर्देशन दिएकी छन् । यसबारे बेलायतको नेसनल क्राइम एजेन्सीले अध्ययन गर्ने बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् ।